आजको राशिफल (२०७६ असोज ५), ज्योतिष विज्ञानमा तपाईंको भाग्य

313
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।  आँटेको र ताकेको कार्य पुरा होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पढाइ लेखाइमा प्रगति हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । स्वादिष्ट भोजनपनि पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । अध्ययन अध्यापन सफल रहेको छ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ ।  यात्रामा सावधानी अपनाउनु पर्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।  विद्या र बुद्धिको विकास हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सानातिना समस्यामा अल्झिनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ । आकस्मिक धन लाभ हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । आर्थिक उन्नति हुनुका साथै पदोन्नतिको अवसर पनि मिल्ने देखिन्छ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । अचल सम्पत्तिको कारोवार हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । राजनैतिक चिन्तन बढ्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । कार्य सम्पादनमा सहजता मिल्नेछ । आत्मविश्वास जाग्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । धार्मिक तथा तिर्थाटनको योगछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेममा सफलता पाईनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । शुभ समाचार सुन्न पाइनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । रमणीय र सुखद् यात्राको योग छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । नयाँ कार्यको थालनी हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईनेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । रमणीय र सुखद् यात्राको योग छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला । श्रमको उचित मुल्याङन हुनेछ । कृषि क्षेत्रबाट सफलता पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ ।

ज्योतिष निराकार न्यौपाने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here