आज ‘विश्व अल्जाइमर्स दिवस’, नेपालमा पनि मनाइँदै

219

काठमाडौं । आज विश्वभर अल्जाइमर्स दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । सेक्टेम्बर २१ मा मनाइँने उक्त दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

अबको ३० वर्षमा विश्वमा १५ करोड भन्दा धेरै मानिसलाई बिर्सने रोग अर्थात ‘डिमेन्सिया’ हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । डब्लूएचओले सन् २०५० सम्ममा विश्वमा १५ करोड २० लाख मानिसमा डिमेन्सिया हुने देखाएको हो । सन् २०१८ को विश्व अल्जाइमर्स तथ्याङ्कले विश्वमा प्रत्येक तीन सेकेण्डमा एक व्यक्तिमा डिमेन्सिया भैरहेको देखाएको छ ।

सन् २०१७ को तथ्याङ्कले विश्वमा ५ लाख मानिसमा डिमेन्सिया भएको देखाएको थियो । यो तथ्याङ्क २० वर्षमा दोब्बर हुँदै सन् २०५० सम्ममा १३ करोड एक लाख ५० जनामा डिमेन्सिया हुने देखाएको छ ।

बिर्सने रोग अल्जाइमर्स डिमेन्सियाको एउटा सामान्य रुप हो । अल्जाइमर्स भएपछि व्यक्तिले सुरुमा भर्खरै गरेका काम बिर्सन थाल्ने डाक्टरले जनाएका छन् । सुरुमा भर्खरै गरेको काम बिर्साउने यो रोगले भविष्यमा सबै कुरा बिर्सेर दैनिक क्रियाकलाप नै गर्न नसक्ने अवस्थामा पुर्‍याउने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here