काठमाडौं / ६४औं प्रहरी दिवस २०७६ को अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंजमा एक दिवसिय बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अस्पताल लगायत उपत्यकास्थित प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु ३ सय १० जना पुरुष र २४ जना महिला गरी जम्मा ३ सय ३४ जनाले रक्तदान गरेका थिए ।


















