मेलम्ची आयोजनाको ठेक्कामा आर्थिक चलखेल भएको देउवाको खुलासा

200

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलो आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । देउवाले बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै यस्ता आयोजनाहरुमा सरकारले ठूलो आर्थिक चलखेल गरेको हुन सक्ने उनले जानकारी दिए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले ओली सरकारले शून्य सहनशीलताको कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको दावी गरे ।देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेकोले जनतालाई यस्तो मान्य नहुने र आवश्यकता परे सडकमै उत्रने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here