काठमाडौं–ओसाका उडानमा यात्रु पाउन मुस्किल, नारिताबाट चार्टर उडानमा फुल अकुपेन्सी

233

काठमाडौं । काठमाडौं–ओसाका सिधा उडान सुरु गरेको नेपाल वायुसेवा निगमलाई यात्रु पुर्याउन हम्मे परिरहेका बेला नारिताबाट चार्टर उडान फुल अकुपेन्सीमा आएको छ । सुमेघ टुर्स एण्ड ट्राभलले शुक्रबार नारिता–काठमाडौं चार्टर उडान गरेको थियो । चार्टर उडानमा निगमको वाइडबडी ३३०–३०० जहाज फूल अकुपेन्सी भएको हो ।

सुमेघ नेपालमा उडान गर्ने विभिन्न अन्तर्राष्ट्रिय कम्पनीको टिकट धेरै बिक्रीमा अवार्ड समेत पाइसकेको ट्राभल एजेन्सी हो । कम्पनीको अनुभवकै कारण चार्टर उडानमा वाइडबडीको २ सय ७४ सीटनै भरिएको थियो । कम्पनीका अनुसार बिहीबार काठमाडौं-नारिता जाने यात्रुको संख्या ७७ जना रहेको थियो । कम्पनीको पहिलो चार्टर उडानमा उर्जा मन्त्री वर्षमान पुन सहित नेपाली र जापानी नागरिक थिए ।

अब नारिता-काठमाडौं दोस्रो चार्टर पनि हुँदैछ । दोस्रो चार्टर उडानका लागि पनि जापानबाट आउँदा पूर्ण रुपमा टिकट बुकिङ भइसकेको छ । कम्पनीका अनुसार अक्टोबर दुई तारिखमा काठमाडौंबाट जाँदा एक सय ९३ यात्रु रहेका छन् भने नारिताबाट आउँदा दुई सय ७४ यात्रु रहेका छन् । चार्टर उडानका लागि सुमेघ र निगमबीच करिब दुई महिना अगाडी काठमाडौं(नारिता(काठमाडौं चार्टर उडानका लागि सम्झौता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here