काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटकपटक भारतले विश्वलाई बुद्ध दिएको जनाउँदै आएका छन् । विश्वलाई थाहा भएको सत्य के हो भने सिर्दाथ गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । उनले शिक्षा लिएको बोधगयामा हो जुन भारतमा पर्दछ ।
यसको अर्थ बुद्ध विश्वलाई भारतले दिएको होईन । मोदीले विश्वलाई पटकपटक मुर्ख बनाउने प्रयत्न गरेको भए पनि विश्वलाई थाहा छ बुद्ध कस्ले दिएको हो ? यो पटकको सम्बोधनमा पनि मोदीले यो विवाद बाहिर ल्याएका छन् । नेपालमा यसलाई दुई थरी तरिकाले हेर्न थालिएको छ ।
भारतमा गएर ध्यान गरेको हुँदा भारतले बुद्ध हामीले दिएको भन्न पाउनुपर्ने भन्ने कतिपयको धारणा रहेको छ । यसमा धेरै जसो भारतीय जनता पार्टी र मोदीको हिन्दुवादलाई समर्थन गर्ने नेपालीहरु पनि रहेका छन् । भारतका चर्चित सञ्चारमाध्यमहरुले पनि यो कुरा देखाउन अफठ्यारो मानेनन् ।
यो भिडबाड उठेर एक भारतीयले मोदीको आलोचना गरेका छन् । शान्ति र संघर्ष अनुसन्धानका प्राध्यापक अशोक स्वाइनले संयुक्त राष्ट्र महासभामा मोदीले आफ्नो भाषणमा बुद्धबारे दिएको भ्रमबाट मुक्त हुन सबैलाई अनुरोध गरेका छन् ।
In his speech at UN General Assembly. Modi brags that India has given Buddha to the world. Buddha was not born in India, but in Nepal's Lumbini. Modi's distortion of history is a national embarrassment. #ModiInUSA https://t.co/FxlqePCbev
— Ashok Swain (@ashoswai) September 27, 2019
सामाजिक सञ्जाल ट्वीटरमा उनले यस विषयमा लगातार दुई ट्वीट गरेका छन् । पहिलोमा उनले भनेका छन, ‘संयुक्त राष्ट्र महासभामा आफ्नो भाषणमा मोदीले भारतले विश्वलाई बुद्धले दिएको कुरा दाबी गरे । बुद्धको जन्म भारतमा भएको थिएन, नेपालको लुम्बिनीमा भएको हो । मोदीको इतिहासको विकृति राष्ट्रिय लाजमर्दो विषय हो ।’
















