यात्राका लागि चालकहरुलाई सम्मान कार्यक्रम सुरु

197

काठमाडौं / ट्राफिक प्रहरीले दशैंका यात्रु बोकेर गएका बसका चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित फूलको माला र खादा लगाएर सम्मान गरेको  छ । ‘सुरक्षित यात्राको शुभकामनासहित चालक सम्मान’ कार्यक्रम सुरु  गरेर  ट्राफिक प्रहरीले आईतबार काठमाडौंको नयाँ बसपार्कबाट सम्मान गरेको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित सम्मान गर्दै यात्रुहरुको सुरक्षित यात्राका लागि चालकहरुलाई अझै हौसला प्रदान होस् भन्ने उद्देश्यका साथ दशैंको अवसर पारेर शुभकामनासहित चालक सम्मान कार्यक्रम  शुभारम्भ गर्नु परेको स्पष्ट पारे ।

चालकहरुको लापरबाहीका कारण सडक दुर्घटनामा परी धेरैको ज्यान जाने गरेको जनगुनासो बढिरहेका बेला ट्राफिक प्रहरीले चालकहरुलाई सम्मान गरेर सुरक्षित यात्राका लागि थप हौसला प्रदान गर्न सो कार्यक्रमको पनि शुभारम्भ गरेको हो ।

त्यस अवसरमा प्रहरी महानिरीक्षक खनालले यात्रुका लागि सधै भगवानको रुपमा रहेका चालकहरुले सुरक्षित ढंगले यात्रुहरुको यात्रा सफल बनाउने विश्वास व्यक्त गरे । उनले कुनै पनि यात्रुले आफ्नो ज्यान गुमाउन नपरोस् भनि शुभकामना पनि व्यक्त गरे । प्रहरी महानिरीक्षक खनालले चालक तथा सहचालकहरुले जिम्मेवारीपूर्वक सवारी साधन चलाउन पनि सचेत गराए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here