टोकियो / मिताग नामक आँधी सोमवार ओकिनावाको दक्षिणी प्रिफेक्चर साकिशामा टापूतर्फ बढ्ने अनुमान गरिएको छ ।
जापानी मेट्रोलोजिकल एजेन्सीले जनाएअनुसार आइतवार मिताग प्रति घण्टा २० किलोमिटरको रफ्तारले फिलिपिन्सको उत्तरपश्चिम क्षेत्रतर्फ बढ्दै गएको छ ।
मितागका कारण शाकिसिमा टापूमा शक्तिशाली हावा आउन सक्ने जनाइएको छ । आँधीका कारण भारी वर्षा आउन सक्ने र मिताग बुधवारसम्म पश्चिम जापानतर्फ बढ्ने अनुमान गरिएको छ।
यो सिजनको १८ औ ताइफुले जापानको ओकिनावा सहित ठूलो क्षेत्रमा असर पार्ने मौषमविदहरुले अनुमान गरेका छन् । यही बर्ष आएका दुई शक्तिशाली ताइफुका कारण केही व्यक्तिहरुले ज्यान गुमाएका छन् भने चिवा सहितका केही क्षेत्रमा भौतिक क्षती समेत भएको थियो ।
मौसमविदहरुले भारी वर्षाका कारण बाढी पहिरो र मेघगर्जन हुने भएकाले सतर्क रहन भनेका छन् ।


















