गान्धी जयन्तीमा नेपालमा गान्धीको शालिक अनावरण

140

काठमाडौं /  नेपालमा निकै सम्मानित गान्धीको शालिक अनावरण गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासमा गान्धीको शालिक अनावरण गरिएको हो ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी र गान्धीवादी भद्रकुमारी घलेले संयुक्त रुपमा शालिक अनावरण गरेका थिए ।

संसारभर शान्तिको सन्देश फैलाउने महात्मा गान्धीको आज १५० औं जन्मजयन्ती विश्वभर मनाइएको छ ।

गान्धी दर्शनबाट प्रभावित भएर दक्षिण एशियामा रंगभेदविरुद्धको शान्तिपूर्ण आन्दोलन सफल भएको थियो । नेल्सन मण्डेला गान्धीवादी थिए । विश्वका धेरै आन्दोलन गान्धीबाट प्रभावित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here