काठमाडौं / पूर्वप्रधानमन्त्री, पुर्व माओबादीका वरीष्ठ नेता तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराइले जनयुद्धकालीन घटना संस्मरण गराउदै कृष्ण बहादुर महरालाइ भावुक पत्र सार्वजनिक गरेका छन । उनले पत्रमा भनेका छन्
प्रिय महराजी,
हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रीय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु । यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन,हामीले लडेर ल््याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसंग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु ।
माओवादी नेतृत्व तहमा हामी, विशेषत प्रचण्ड र म सुरेश वाग्ले र तपाईंलाई उच्च नैतिकवान र इमान्दार पात्र मान्थ्यौं । हामी वीच विवाद पर्दा तपाईं दुइ जनाको कुरालाई हामीले विशेष महत्व दिन्थ्यौं । प्रचण्ड र मेरो वीचमा २०५५ / ५६ मा पहिलो ठुलो वैचारिक, सांगठनिक वहस हुँदा २०५६ साउन र भदौमा पन्जाबको रोपडमा भएको पोलिटब्युरो बैठकमा तपाईं दुइ जनाको सुझाव मानेर हामीले विवाद हल गरेका थियौं । दुर्भाग्यवश त्यो बैठक सकेर फर्कने वित्तिकै भदौ २३ गते गोरखामा सुरेश वाग्लेले गौरवपूर्ण सहादत प्राप्त गर्नुभएको थियो ।
पछि पोष्टबहादुर बोगटी र तपाईँ पार्टीका आदर्श पात्र मानिन थाल्नु भयो । २०७१ सालमा बोगटीजीको दुखद निधन र पार्टीको क्रमश ओरालो लाग्दो नैतिक धरातलले आम जनतालाई समेत माओवादी आन्दोलनप्रति वितृष्ण बनाउँदै लग्यो । कांग्रेस र एमाले पहिले नै भ्रष्टाचार र सुरासुन्दरी काण्डले बदनाम भैसकेका थिए । तपाईंको यो पछिल्लो प्रकरण त्यसैले तपाईंको एउटा निजी मामिला मात्र नभएर नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक, राजनीतिक र नैतिक संकटको एउटा अत्यन्त नकारात्मक बिम्ब बन्न पुगेको छ । यसलाई तपाईं हामी सबैले स्वीकार्नैपर्छ ।
माओवादी आन्दोलन यो रसातलको बिन्दुसम्म कसरी पुग्यो रु त्यसको सांगोपांगो विश्लेषण र संश्लेषण छुट्टै गरौंला । हामीले नेपाली क्रान्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको शिखरसम्म पुर्याएकै हो । यसमा हामीले सामुहिक गर्व गर्नुपर्छ तर रोजा लक्जेम्बर्गले भने झैं क्रान्ति स्थीर भएर बस्दैन कि त त्यो अघि बढाइनु र बढ्नु पर्छ, नत्र त्यो पछाडि हट्छ । त्यस्तै अर्को भनाइ छ शिखर चढ्न सजिलो हुन्छ तर त्यहाँ टिक्न गाह्रो हुन्छ । अझै अर्को भनाइ छ, क्रान्ति सम्पन्न भएको भोलिपल्टै हिजोका क्रान्तिकारीहरू प्रतिक्रान्तिकारीमा बदलिन्छन ।
यहींनेर हामी चुक्यौं । मैले यो एउटा शिखर चढेपछि अर्को शिखर चढ्न नयाँ बाटो खोजौं भनेको थिए। तर मैले साथीहरूलाई मनाउन सकिनँ । साथीहरू पुरानै शिखरमा बसिराख्न खोज्नुभयो तर वैज्ञानिक रूपमा त्यो सम्भव थिएन । त्यसैले अब क्रमश साथीहरू पुरानो शिखरबाट खुर्मुरिइरहन ुभएको छ । तपाईं, महराजीको पछिलल्लो प्रकरण त्यसैको एउटा नमूना हो ।
ल यो प्रकरणमा तपाईं दोषी हुनुहुन्छ वा हुनुहुन्न म किटेर भन्न सक्दिनँ । सत्य कि तपाईंलाई थाहा छ कि सम्बन्धित महिलालाई थाहा छ तर अहिलेसम्म बाहिर आएका कुराबाट शंकाको सुई तपाईंतिर सोझिन्छ । हामीले क्ीऋ मा पुष्कर शमशेरको “परिबन्द” कथा पढ्थ्यौं, त्यहाँ परिबन्दले निर्दोष व्यक्ति दोषी ठहरिन्छ ।
यौन मामिलामा महान व्यक्तित्वहरू पनि कसरी चुक्छन भन्नेवारे स्कूलमा पढ्दा गुरूले सुनाएको यो संस्कृत श्लोक सम्झिन्छु
‘विश्वामित्र परासर प्रभृत्तयो वाताम्बु पर्णाशना ।
तेपिस्त्री मुखपंकजं सुललितम् दृष्ट्वैव मोहम् गता ।।
साल्यान्नम् सघृतम् पयोदधियुतम् भुन्जन्ति ये मानबास्।
तस्याम् इन्द्रीय निग्रहो यदि भवेत् विन्ध्यस्तरेत् सागरम्।’
तर प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन ।अझै गम्भीर कुरा त महिलालाई उपभोग्य वस्तुको रूपमा प्रयोग गर्नु र सत्ताशक्ति र धनको वलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानूनी दृष्टिले समेत दण्डनीय हुन्छ ।
हाम्रो जस्तो पितृसत्तात्मक समाजमा अधिकांश रूपमा महिला नै पीडीत हुने भए पनि कहिलेकाहिं पुरूष पनि उत्पीडन वा प्रतिशोध र षड्यन्त्रको जालमा पर्नसक्छ । तपाईंको हकमा पनि अन्यथा भएको हुनसक्छ । त्यसनिम्ति पनि तपाईंले सत्यतथ्य बाहिर ल््याएर कानून बमोजिम न्यायको निरूपण गर्न र आफुलाई निर्दोष सावित गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्नुपर्छ र त्यसलाई सघाउनुपर्छ । त्यसले तपाईंको प्रतिष्ठा घटाउने हैन बढाउनेछ ।
यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकार्नु र प्रायश्चित्त गर्नु नै तपाईं स्वयम, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ । भनिन्छ गल्ती गर्नु अपराध हैन, गल्ति नसच्याउनु अपराध हो ।

















