साफ यु १५ महिला च्याम्पियनसिपमा नेपाल  पराजित

131

काठमाडौं /  साफ यू- १५ महिला च्याम्पियनिसपमा नेपालले दोस्रो खेलमा पनि हार व्यहोरेको छ। भुटानमा जारी पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल शुक्रबार बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा एक गोल फर्काए पनि हार व्यहोर्‍यो। १२ औं मिनेटमा बंगलादेशकी साहिदा अक्तर रिपाले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिइन्। २५ औं मिनेटमा बंगलादेशले पाएको पेनाल्टीमा गोल संख्या दोब्बर बनाउन पुग्यो। बंगलादेशकी कप्तान समसुन्नाले गोल गरिन्।

६४ औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै अग्रता २–१ मा झारेकी थिइन्। तर, नेपालले यसपछि अर्को गोल गर्न सकेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here