पछिल्लो २४  घन्टामा १ लाख २३ हजार २१० जनाले कोरोनाविरुद्धको खोप लगाए

87

काठमाडौं । पछिल्लो २४  घन्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७७५ नमूनाको परीक्षण गराउँदा २१ नमूनाको रिपोर्ट पोजेटिभ आएको हो। सोही समयमा १७ जना कोरोनामुक्त भएका छन्। सोमबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

मन्त्रालयका अनुसार पछिल्लो २४  घन्टामा १ लाख २३ हजार २१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल २७१ जना कोरोना सक्रिय संक्रमित रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here