सुन जस्तो देखिने पहेंलो धातु र नगद सहित पक्राउ

210

संखुवासभा / भोटखोला गाउँपालिका-२ लिङगमबाट खाँदबारी नगरपालिका-१ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई सुन जस्तो देखिने पहेंलो धातु करिब ५ केजी र नगद ३८ हजार ८० रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी चेपुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा उक्त धातु तथा नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here