ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मयामको तारेभिरमा हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारी र उनका अंगरक्षक बाहेक अन्य पाँच यात्रुको शव पहिचान हुन सकेको छैन ।
घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका मन्त्री रवीन्द्र अधिकारीको शवलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल आउने भएकी छन् । पोस्टमार्टम सकिएपछि शवहरु अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिनेछ।
नेकपाले अपरान्ह ३ बजेपछि हुने श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रह गरेको छ ।

















