एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुपको होटलमा विशेष छुट

93

काठमाडौं– एन आई सी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटी बीच एन आई सी एशिया बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्दा १०% छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र सिद्धार्थ बिजनेश ग्रुपको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे ।

सम्झौता बमोजिम एन आई सी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको मुलुकभर रहेका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सकिन्छ ।

 

यस योजनाबाट ग्राहक महानुभावहरुले मुलुकभर रहेका सिद्धार्थ बिजनेश ग्रुपका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुबाट अधिकतम् लाभ प्राप्त गर्न सक्नुहुने र डिजिटल भुक्तानीलाई थप प्रवद्र्धन गर्ने विश्वास बैंकले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here