पूर्व मन्त्री आलमलाई ७ दिनको म्याद थप

179

रौतहट / आजभन्दा १२ वर्ष अघिको बम काण्डमा पक्राउ परी पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य मोहमद अफताव आलमलाई मंगलबार जिल्ला अदालत रौतहटले ७ दिनको म्याद थपेको छ ।

न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले असोज २६ गतेदेखि लागू हुने गरी अनुसन्धानको लागि ७ दिनको म्याद थप गरेको हो । कडा सुरक्षाबीच नेता आलमलाई अदालत लगिएको थियो ।

काँग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका आलममाथि २०६४ साल चैत्त २७ गते उहाँको गृहनगर राजपुरमा भएको बम विष्फोट घटनाका घाइतेहरुलाई जिउँदै जलाएको आरोप छ । आलम रौतहट निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुहुन्छ ।

प्रहरीले आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै १५ दिन मागेकोमा अदालतले ७ दिनको मात्रै म्याद थप गरेको प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले जानकारी दिनुभयो । नेता आलमलाई आइतबार प्रहरीले उहाँकै गृह जिल्लाबाट पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here