सुन चाँदीको मूल्य बढ्यो, प्रतितोला ७० हजार ७ सय

265

काठमाडौं / साताको तेस्रो कारोबार दिन मंगलबार स्थानीय बजारमा सुनको भाउ वृद्धि भएको छ । एक दिनमा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँ वृद्धि भएको छ । हिजो प्रति तोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here