मृगौला व्यापारको आरोपमा निदान अस्पतालका सीइओसहित पाँच जना पक्राउ

96

काठमाडौं- ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालले उपचार गर्न आएका एक व्यक्तिको मृगौला झिकेर बेच्ने काम गरेको भेटिएको छ।

अस्पतालमा उपचारका लागि आएका एक व्यक्तिको मृगौला झिकेर अर्कै व्यक्तिलाई बेचेको खुलेपछि प्रहरीले उक्त अस्पतालका (प्रमुख कार्यकारी अधिकृत) सीइओसहित पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीले अस्पतालका सीईओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई  प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले निदान अस्पतालले मानिसको मृर्गौला झिक्ने र बेचविखन गर्ने गरेको जानकारी आएपछि उनीहरुमाथि अनुसन्धानका लागि पक्राउ गरेको जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here