राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान

158

काठमाडौं / म्यानमारको पाँच दिने राजकीय भ्रमणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज  त्यसतर्फ प्रस्थान गरेकी छिन् ।  भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा प्रस्थान गरेकी हुन् । उनी शितलनिवासबाट हेलिकोप्टरमार्फत विमानस्थलमा पुगेकी थिईन् । स्थलमार्ग हुँदै विमानस्थल जाँदा जनतालाई सास्ती हुने देखेर राष्ट्रपति हेलिकप्टरमार्फत विमानस्थलसम्म गएकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्नेछिन् । उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्नेछिन् ।

म्यानमारका राष्ट्रपति मिन्टले आयोजना गर्ने राजकीय भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनेछिन् । राष्ट्रपति भण्डारीले पिङ ओ लिङमा म्यानमारका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ । उनले बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्त्वका ठाउँका पनि भ्रमण गर्नेछिन् ।

राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत छन् । राष्ट्रपति भण्डारी कात्तिक २ मा जापान जानेछिन् । उनी त्यहाँका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा उपस्थित हुनेछिन् । घुमघामपछि भण्डारी ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीलाई विमानस्थलमा उपरारष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुले विदाई गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here