रक्षा मन्त्री ईश्‍वर पोखरेलद्वारा चीनमा सहभागी नेपाली सैनिक खेलाडीहरुसँग भेटवार्ता

179

काठमाडौं / उपप्रधान तथा रक्षा मन्त्री ईश्‍वर पोखरेलद्वारा मित्रराष्ट्र चीनको उहान शहरमा हुन गईरहेको (7th CISM Military World Games) सातौं विश्‍व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा सहभागी नेपाली सैनिक खेलाडीहरुबाट तयारी बारे जानकारी लिनुभएको छ।

उक्त अवसरमा माननीय उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सहभागी खेलाडीहरुलाई शुभकामना दिनु हुँदै खेलाडीहरुलाई हौसला प्रदान गर्नु भएको छ ।

सम्बोधनको क्रममा नेपाली सेनाले खेलको माध्यमबाट नेपाललाई विश्‍वमा चिनाउन सफल भएको भन्दै प्रशंसा गर्नु भएको छ ।

मित्रराष्ट्र चीनका रक्षा मन्त्री General Wei Fenghe, को निमन्त्रणामा चीन भम्रणमा रहनु भएका उपप्रधान तथा रक्षामन्त्री पोखरेल भव्य समारोहका बीच हुन गईरहेको सातौं विश्‍व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगिता  उद्‍घाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

उक्त अवसरमा नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुल, उपरथी शशीचन्द्र बहादुर सिंह लगायत अन्य उच्च पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here