तुलसीपुरमा कोसेली घर

215

तुलसीपुर /  स्थानीय उत्पादनलाई प्रोत्साहित गर्नका लागि तुलसीपुरमा कोसेली घर स्थापना गरिने भएको छ । यस क्षेत्रको पहिचानका रुपमा रहेका विभिन्न वस्तु,खानेकुरा, लुगा लगायतका कुराहरुको विक्री वितरण गर्नका लागि १६ लाखको लागतमा वसपार्कमा यस्तो घरको सञ्चालन गरिने भएको छ ।

तुलसीपुर उपमहानगरपालिको स्थानीय व्यक्ति, समुह या सहकारीहरुले उत्पादन गरेका वस्तुको विक्री वितरणका लागि घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा भवन निर्माण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा वोल्दै नगरप्रमुख घनश्याम पाण्डेले निर्देशिका बनाएर भवन सञ्चालन गर्ने जनाएका छन् । तुलसीपुरबाट के कोसेली लैजान भन्ने कुराका लागि कोसेली घरको व्यवस्था गरिएको समेत उनको भनाई छ । उनले स्थानीय जातजातिले प्रयोग गर्ने वस्तु र अन्य कुराहरु कोसेली घरका राखिने जनाए । उनले भवन निर्माणसँगै तत्कालै त्यसको सुरुवात गर्ने पनि जनाए ।

उपप्रमुख माया शर्माले महिलाहरुलाई उद्यमशिल वनाउका लागि कोसेली घरको विशेष भुमिका हुने जनाइन् । ‘वाह््य वस्तुको विस्थापन गरेर स्थानीय वस्तुको प्रयोग गर्न प्रेरित गर्ने काम यसले गर्दछ । ’ उपप्रमुख शर्माले जनाइन् । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख वासुदेव रिजालले कोसेली घर तुलसीपुरलाई जिम्मा लगाएको जनाउँदै लघु उद्यमको विकास गर्न यसले विशेष भुमिका वहन गर्ने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here