सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने

110

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारीमा रहेको जनाएका छन् ।

बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा उनले विकास आयोजनाहरुमा हुने ढिलासुस्ती रोक्न निर्माण कम्पनी गठनको तयारीमा रहेको जनाए । ‘नेपाल सरकार आफ्नै निर्माण कम्पनी स्थापना गर्न गइरहेको छ । एक साता दिनभित्र केही आउँछ’ उनले भने । सरकारले आफ्नै निर्माण कम्पनी बनाए पनि निजी निर्माण कम्पनीलाई पनि प्रोत्साहन गर्ने मन्त्री महासेठले जनाए ।

मन्त्री महासेठले काठमाडौंलाई आगामी आर्थिक वर्षभित्र नयाँ काठमाडौं बनाउने बताए ।। ‘त्यसका लागि काम मन्त्रालयको तर्फबाट भइरहे जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here