महामारी खटिरहेका स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार भएमा कारबाही गर्न गृहकाे निर्देशन 

82

काठमाडौं – गृह मन्त्रालयले कोेरोना भाइरसबाट सङ्क्रमित नागरिकको स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार  गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण तथा उपचारमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरू अहोरात्र खटिइरहेको अवस्थामा केही उच्छृङ्खल व्यक्ति तथा समूहबाट धम्की र अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोना सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक तथा नर्सविरुद्ध हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर÷डेराकोठा आवतजावतमा अवरोध सिर्जना गर्ने जस्ता क्रियाकलापविरुद्ध कानुनी कारबाही गरिने जनाउनु भयाे  । यसका लागि लागि टोल फ्रि नम्बर ११४९ वा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त फोन गर्न सकिने जनाइएको छ ।  यस्तो सङ्कटका बेला ज्यानको बाजी लगाएर नागरिकको सेवामा समर्पित स्वास्थ्यकर्मीलाई सम्मान गर्न आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here