नेवार सांसदहरुद्वारा भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा दिन माग

209

काठमाडौं / भाइटीकाको भोलिपल्ट अर्थात १३ कात्तिकमा पनि सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरिएको छ ।

यस वर्षको तिहारमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र विदा दिने निर्णय गरेको छ । तर नेवार समुदायका संघीय सांसद र प्रदेश सांसदको एक टोलीले आफूहरुको किजा पूजा कात्तिक १३ गते पर्ने भएकाले विदा दिन माग गरेका हुन् ।

सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् । नेवारी समुदायको भाइटीका १३ कात्तिकमा पनि पर्ने भन्दै प्रधानमन्त्रीलाई बिदा दिन आग्रह गर्दै डेलिगेसन गएको एउटा टोलीसँग प्रधानमन्त्री ओलीले मनन्त्रिपरिषद्बाट निर्णय गराएर बिदा दिन आफू सकारात्मक बनेको जनाएका छन् ।

पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार तिहारमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेपछि संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश ३ का सांसदहरू डा। अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनलगायतको टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १३ कात्तिक मा पनि बिदा दिन आग्रह गरेको थियो । भेटमा प्रधानमन्त्री केपी ओली सकारात्मक बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here