लेड (सिसा) को विषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह आजबाट सुरु

314

काठमाडौं / जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्र (सिफेड) ले यस वर्ष पनि लेडको विषाक्तताबारे जनचेतना फैलाउँदै सरकारबाट तोकिएको पेन्टमा लेडको बाध्यकारी मापदण्डको पुर्ण परीपालना एवं प्रभावकारी कार्यान्वयनका लागि बजार अनुगमन, जवाफदेहीपुर्ण पेन्टको उत्पादन, आयात, विक्रिवितरण र प्रचारप्रसार आदिको निम्ति आवश्यक पहल गरी साताव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त साताव्यापी कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा सिफेडका कार्यकारी निर्देशक एवम् वातावरण वैज्ञानिक रामचरित्र साहले नेपालमै भएको अध्ययनहरुले बालबालिकाको रगतमा अत्यधिक लेड पाईएको तथ्यबारे चिकित्सक समुदायहरुसंग अन्तरक्रिया गरी नियन्त्रण तथा समस्या सामाधानको उपायहरु पहिल्याउने जमर्को गरिएको विश्वास दिलाए ।

उनकाअनुसार अन्य सम्बन्धित ऐन, कानून, नीति, नियमावली र निर्देशिकाहरुमा लेड पेन्टसम्बन्धी मापदण्डको उचित समायोजन गर्ने÷गराउने रहेको छ । साथै, पेन्टमा तोकिएको लेडको मापदण्डअनुसार लेडको अधिकतम मात्रा ९० पि.पि.एम.हुनुपर्ने, बट्टामा लेडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धि साबधानीमूलक सन्देश अनिवार्य उल्लेख गर्नुपर्ने प्रावधानहरुको पुर्ण परिपालनामा जोड दिने रहेको पनि साहले जनाए ।

‘नेपालमा लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहको शुभारम्भ, लेडयूक्त पेन्ट प्रतिबन्ध गरौं, सरकारले तोकेको पेन्ट्समा लेडको मापदण्डको पुर्ण परीपालना गरौं’ भन्ने मूल नारासहित कार्यक्रम अघि बढाईएको पनि साहले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here