काठमाडौं / महानगरीय प्रहरी वृत्त महाराजगंजले जुवातास खेलिरहेको अवस्थामा नगद दुई लाख चार हजार त्रिचालीस रूपैयाँ सहित ९ जनालाई पक्राउ गरेको छ ।
कार्तिक २ गते १४ः०० बजे देखि १७ः०० बजे सम्म एरिया गस्ती गर्ने क्रममा काठमाडौं टोखा नगरपालिका १० भण्डारी टोल घर भएका ५७ वर्षिय जित बहादुर के.सी. घरमा जुवातास खेलिरहेको अवस्थामा निज घर धनि सहित ९ जनालाई पक्राउ गरिएको छ । निजहरूको साथबाट नगद दुई लाख चार हजार त्रिचालीस रूपैयाँ र १६ बुक तास बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

















