धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ

281

भोजपुर / षडानन्द नगरपालिका-३ खार्ताम्छा बस्ने २८ वर्षीया कल्पना राईको धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ सिक्तेलटार बस्ने २२ वर्षीय प्रदिप बस्नेतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय सोमबारे हाटबाट घर जाँदै गरेको अवस्थामा प्रदिपले कल्पनालाई धारिलो हतियार तथा ढुंगा प्रहार गर्दा मृत्यु भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै घटनाको क्रममा घाइते भएकी कल्पनासँगै घरतर्फ फर्कँदै गरेकी सोही ठाउँ बस्ने नबिना राईको स्थानीय उपस्वास्थ्य चौकी खार्ताम्छामा उपचारको भइरहेको छ ।

हतियार प्रहार गर्नुको कारण हाल खुल्न सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here