काठमाडौं / जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान सुरु भएको छ ।
यसअघि महराले मंगलबार (असोज २८ गते) बयानका लागि अस्वीकार गरेका थिए ।
अस्वीकार गर्दै आए पनि आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा महराको बयान सुरु भएको उनको पक्षमा बहस गरिरहेका वकिल मुरारी सापकोटाले जानकारी दिएका छन् ।
तर महरा अस्वस्थताका कारण अस्पतालमा रहेकाले जिल्ला सरकारी वलिकको कार्यालयमा प्रहरीको उपस्थितिमा बयान सुरु भएको हो ।
रोशनी शाहीले आफूमाथि जबरजस्ती करणी गरेको भनी सुरुमा आरोप लगाएपछि अनुसन्धानमा सहयोग पुगोस् भनी सभामुख पदबाट राजीनामा गरेका कृष्ण बहादुर महराका विरुद्ध उनै रोशनी शाहीले जबरजस्ती करणी गर्ने उद्योग गरेको भनी उजुरी दर्ता गरेपछि महरालाई प्रहरीले हिरासतमा लिएको थियो ।


















