गृहमन्त्री र आईजीपीतर्फ सोझियो तीर

340

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको ‘इन्काउन्टर’ प्रकरण पुनः तातिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले गत असार ५ गते मारिएका पौडेलको ‘इन्काउन्टर फेक’ भएको र उनलाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको निष्कर्ष निकालेसँगै यो प्रकरणले फेरि चर्चा पाएको छ ।

यस प्रकरणमा इन्काउन्टर भन्दै दावी गर्दै आएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विवादमा तानिएका छन् । आयोगको अनुसन्धानले उक्त इन्काउन्टर फेक रहेको निष्कर्ष निकालेको छ भने उक्त घटनामा दोषी प्रहरीलगायतलाई कारबाही गर्न सरकारलाई आयोगले निर्देशन समेत दिएको छ ।

आयोगको यस्तो निर्देशनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ देखि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेतले ‘पौडेलको इन्काउन्टर भएको हो’ भनी संसदीय समितिमा दिएको बयान झूठो साबित गरेको छ । उनीहरूले आरोपीलाई जोगाउन गलत ब्रिफिङ गरेको प्रमाणित भएमा नैतिक आधारमा गृहमन्त्री र प्रहरी महानिरीक्षकले राजीनामा दिनुपर्ने मागसमेत उठ्न थालेको छ । –जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here