चर्चित पार्कर खेलाडी दिनेशलाई प्रचण्डबाट गिनिज बुक रेडर्कको प्रमाणपत्र

199

काठमाडौं / नेपालका चर्चित पार्कर खेलाडी दिनेश सुनारले तेस्रोपटक पार्कर विधामा किर्तिमान कायम गर्दै प्राप्त गरेको गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको हातबाट हस्तान्तरण गरिएको छ । बिहिबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले सुनारलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा सुनार अमेरिकाज गट ट्यालेन्टमा समेत सहभागी हुने जानकारी गराइएको छ । यो विश्वकै चर्चित कार्यक्रम हो । उनले पर्यटन प्रवद्र्धनमा समेत भूमिका खेल्ने जनाइयो ।

प्रमुख अतिथि पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले सुनारको खुलेर प्रशंशा गरे । उनले देशको प्रतिष्ठा राख्ने युवाहरुलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका पूर्व आइजीपी सनत बस्नेतलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here