६७ वर्षीया हजुरआमाले दर्दनाक अपरेशनपछि शिशु जन्माएर राखिन कीर्तिमान

180
एजेन्सी / चीनमा एक वृद्ध महिलाले हालै एक शिशुलाई जन्म दिएकी छिन् । ६७ वर्षको उमेरमा छोरीलाई जन्म दिएपछि उनी चीनमा सवबभन्दा बढी उमेरमा बच्चा जन्माउने पहिलो महिला बनेकी छिन् । यसअघि सन् २०१६ सालमा चीनको जिलिन प्रान्तकी चाङचुन शहरमा बसोबास गर्ने एक महिलाले ६४ वर्षको उमेरमा बच्चा जन्माएर कीर्तिमान बनाएकी   थिइन् ।
६७ वर्षको उमेरमा बच्चा जन्माउने महिलाको नाम टियान हो । उनी एक रिटायर्स नर्स हुन् । उनले गत शुक्रबार चीनको झाओझाङ अस्पतालमा अपरेसनमार्फत बच्चालाई जन्म दिएकी हुन् । ३६ हप्ताको गर्भावस्थापछि शल्यक्रियाद्वारा उनले बच्चा जन्माएकी हुन् । जन्मको समयमा बच्चाको वजन २.६ ग्राम थियो ।
६७ वर्षको उमेरमा आमा बनेपछि निकै प्रफुल्लित टियानले उक्त अपरेशनको समय निकै दर्दनाक भएको र त्यतिबेला आफूले आँखासमेत खोल्न नसकेको बताएकी छिन् । अधिक उमेरमा बच्चा जन्माएपछि टियानको स्वास्थ्यप्रति मध्यनजर गर्दै चिकित्सकहरूले उनलाई कडा निगरानीमा राखेका छन् ।
टियानले यसअघि दुई सन्तान (छोरा र छोरी) लाई जन्म दिएकी थिइन् । ती छोरा–छोरीबाट नाति–नातिनीहरू समेत जन्मिसकेका छन् ।
ज्ञात रहोस्, संसारकै सबभन्दा वृद्ध उमेरमा सन्तान जन्माउने रेकर्ड भने आन्ध्र प्रदेश (भारत) की एक वृद्धाको पोल्टामा परेको छ । ८२ वर्षीय श्रीमानकी अर्धाङ्गिनी ७४ वर्षीया ती महिलाले गत सेप्टेम्बरमा जुम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here