खुट्टा फुट्ने समस्या छ ? यसरी उपचार गर्नुहोस्

1271

कुर्कुच्चा फुट्ने समस्याले धेरैलाई सताउँछ । फुटेको कुर्कुच्चाले खुट्टालाई नराम्रो देखाउनुका साथै  पीडा पनि दिन्छ ।

यस्तो बेलामा हामीलाई खुल्ला चप्पल लगाऊन समेत लाज लाग्ने हुने सक्छ । यो समस्या हाम्रो शरीरमा क्याल्सियमको कमीले हुने गर्छ । क्याल्सियमको कमीले गर्दा हाम्रो दाँत र हड्डी कम्जोर हुनुका साथै खुट्टाका पैताला तथा कुर्कुच्चा फुट्न सुरु हुन्छ । कुर्कुच्चा फुट्ने समस्याले विभिन्न संक्रमण निम्त्याउन सक्छ । यसरी कुर्कुच्चा फुट्दा उक्त स्थानको मासु खुल्ला भएको हुन्छ र छिट्टै ब्याक्टेरियाले संक्रमित हुने सम्भावना हुन्छ । यसले गर्दा खुट्टामा सेलुलाइटिस जस्ता डरलाग्दो रोग लग्न सक्छ ।

संक्रमणबाट बच्न र कुर्कुच्चा फुट्न नदिन बजारमा अनेकौ औषधिहरु सजिलै पाइने गर्छ । हामीले डाक्टरको सल्लाह लिएर मात्र त्यस्तो औषधिको प्रयोग गर्नु पर्ने हुन्छ । साथै केही घरेलु उपाय अपनाएर पनि यसलाई निको पार्न सकिन्छ । यस्तो समस्या देखा पर्ना साथ खुट्टालाई मनतातो पानीमा सेम्पु राखेर राम्रोसँग धोएर तौलियाले सफा सँग पुछ्नु पर्छ । एउटा सानो भाँडामा गुलाबजल, कागतीको रस र गिल्सरिनको मिश्रणलाई राति सुत्नुअघि पैताला तथा खुट्टामा मज्जाले लगाएर सुत्नु अघि मोजा लगाउनु पर्छ ।

भोलिपल्ट उठेपछि फेरि मनतातो पानीले खुट्टा पखाल्नु पर्छ । यो प्रक्रिया दैनिक निरन्तरता दिएर गरिरहँदा कुर्कुच्चा फुट्ने समस्याको समाधान हुन्छ । साथै हामीले दैनिक क्याल्सियम युक्त खानेकुराको सेवन गर्नु जरुरी हुन्छ । हामीले कोठाबाट निस्किदा साथै चप्पल या जुत्ताको प्रयोग गर्नुपर्छ । खाँली खुट्टा हिड्ने गर्दा छिट्टै पैताला तथा कुर्कुच्चा सुक्खा भएर फुट्ने सम्भावना रहन्छ ।

खुट्टामा अन्य संक्रमण हुने सम्भावना बढी हुन्छ । साथै पानीमा धेरै बस्नु हुदैन् । कुर्कुच्चा फुट्ने समस्या हुँदा धेरै सावधानी अपनाउनु पर्छ । समस्याले धेरै नै सताएको छ मोजा निरन्तर लगाएर बस्नु पर्छ । गर्मीको मौसममा पातलो नपोल्ने मोजाको प्रयोग गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here