काठमाडौं / उपत्यकावासीहरुले आजबाट अनधिकृत रुपमा टुँडिखेल कब्जा गरिएको विरोधमा अभियान सुरु गरेका छन् । राजधानीकाे मुख्य स्थानमा रहेको एकमात्र विशाल खुल्ला स्थान टुँडिखेल वरिपरि मानव साङ्लो मानव साङ्लो बनाएर घेरिएका थिए । सांस्कृति तथा प्राकृतिक धरोहर जोगाउन भन्दै उनीहरुले हरियो रिवनले टुंडिखेल घेरेर मानव साङ्लो बनाएर सांकेतिक बिरोध गरेका थिए । पछिल्लो समयमा टुंडिखेललाई फोहोरमैला थुपार्ने, विभिन्न भौतिक संरचना बनाउनका लागि आवश्यक सामाग्री थुपार्ने स्थानको रुपमा परिणत भएको छ । यस्तो अतिक्रमणबाट जोगाउन दबाब दिने उद्देश्यले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन गरिएको छ । विश्व स्वतन्त्रता दिवसको अवसर पारेर टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरुवात गरीएको हो ।
तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जानकारी दिएको छ । टुँडिखेललाई कुनै समय एसियाकै ठूलो मैदानको रुपमा लिइन्थ्यो । तर सर्वसाधरणको लागि सधै खुल्ला हुने खुल्ला स्थान टुँडिखेल अहिले सार्वसाधारणको पहुँचमा छैन । बिभिन्न बाहना र नाममा टुंडिखेल अहिले अतिक्रमित भएको छ । केहि हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनाइएको छ । टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको हो ।
अभियानमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान, पत्रकारहरु ऋषि धमला, रवि लािछाने लगायतले अकुपाई टुँडिखेलमा सहभागीता जनाएका थिए । जनतादेखि जनप्रतिनिधिसम्म सहभागी भएकाे अभियानमा पूर्खाको नासो जनताको हक, टुंडिखेल खाली गरजस्ता नारा लगाउँदै सरकारलाई टुंडिखेल खाली गर्न दबाव दिएका छन् ।




















