बंगलादेशका राष्ट्रपति  ४ दिने  नेपाल भ्रमणमा आउने 

175

काठमाडौं / बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार २६ गते नेपाल आउने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आउन लागेका हुन्। नेपालकाे भ्रमणकाे क्रममा हमिदले समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्।

राष्ट्रपति भण्डारीले हमिदको सम्मानमा रात्रीभोज आयोजना गर्नेछिन्। भ्रमणका क्रममा हमिद पोखरा पनि जाने परराष्ट्रले जनाएको छ। हमिद शुक्रबार स्वेदश फर्कने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here