काठमाडौं / नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले नारामा सुखी नेपाली समृद्ध नेपाल भनेर मात्रै समृद्धि नआउने जनाएका छन।
सहमहामन्त्री महतले नारा अनुसारको काम गरे मात्रै मुलक समृद्ध बन्ने भन्दै सरकारलाई त्यो बाटोतर्फ अगाडि बढ्न सुझाव दिए। महतले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको वर्तमान सरकारले बिधिको शासनमा नचलेको जिकिर गरे।
काठमाडौंको कुलेश्वरमा काठमाडौं जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले सरकारले चौतर्फी रुपमा कर बढाएर नेपालमा लगानीको बाताबरण पनि बिथोलेको आरोप लगाए। कर कम लगाए कलकारखाना र उद्योगहरु बढी खुल्छन र उद्योग कलकारखाना बढी खुले राजस्व बढ्ने भन्दै सहमहामन्त्री महतले त्यतातिर सरकारलाई गम्भीर बन्न पनि आग्रह गरे। पछिल्लो समय सरकारले नियम कानुनको बरखिलाप जाने काम गरेको पनि कांग्रेस सहमहामन्त्री महतले आरोप लगाए। सहमहामन्त्री महतले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने हो नीति नियमलाई सहि रुपमा कार्यन्वयन गर्नुपर्ने जोड समेत दिए।
सहमहामन्त्री महतले सिमा समस्याको प्रसंगलाई उठाउदै चुनाव अगाडि राष्ट्रवादी कहलिएको नेपाल कम्युनिस्ट पार्टी आज सरकारमा हुदा सिमा समस्या समाधान गर्न किन पछि हटेको भनेर प्रश्न पनि गरे।
















