नेपालले एसिसी इमर्जिङ टिम्स एशिया कपमा हङकङलाई हरायाे

196

काठमाडौं / एसिसी इमर्जिङ टिम्स एशिया कप अन्तर्गतको दोस्रो खेलमा नेपाल विजय हासिल गरेको छ ।
हङकङ विरुद्धको खेलमा पहिले ब्याटिङ गर्दै २१७ रन बनाएकोमा हङ्‍कङले ४५.५ ओभरमा १७७ रन मात्रै बनाएर  हराएकाे हाे ।

नेपालका व्याट्स म्यान शरद भेषवाकरले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय पारी खेलेका थिए। उनले ८९ रन बनाएका हुन्। योसँगै नेपालको सेमिफाइनलमा पुग्ने आशा कायम रहेको छ। व्याटिङतर्फ कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमै शून्य रनमा आउट भए। अर्का ओपनर कुशल भुर्तेल पनि एक रनमै आउट भए।

उपकप्तान दीपेन्द्रसिंह ऐरी ३७ र आशिफ शेखले ४२ रनको योगदान गरे। आशातित खेलाडी पवन सराफ शून्यमा आउट भए भने अन्य खेलाडी विनोद भण्डारी १५, करण केसी ७, सुशान भारी ६, अविनाश बोहोरा २ र ललित राजवंशीले एक रनको योगदान गरे। बलिङतर्फ करण केसी र सुशान भारीले २र२ विकेट लिए भने अविनाश बोहोराले ३ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here