अन्तर्राष्ट्रिय अध्ययनले नेपालमा प्रत्येक वर्ष चार लाख नयाँ रोजगार पाएकाे देखायाे

141

कोरोना महामारीभन्दा पहिलेकै अवस्थामा आधारित भएर गरिएको यो अध्ययनले नेपालको अर्थतन्त्रको निर्भरता क्रमिक रूपले निर्वाहमुखी कृषिबाट औद्योगिक तथा सेवामूलक क्षेत्रतर्पm सर्दै जाँदा रोजगारीका अवसर पनि बढ्दो हुन पुगेको देखाएको छ । यसमा निर्माण, उत्पादन वाणिज्य तथा यातायात क्षेत्र मुख्य योगदानकर्ता रहेको देखिएको छ ।
अनौपचारिक क्षेत्र, दैनिक ज्यालादारीको क्षेत्र, परम्परागत कृषि तथा पशुपालनभन्दा तुलनात्मक रूपले श्रमिकका लागि आकर्षक मानिएका छन् ।
समग्र रोजगारीमा सुधार देखिए पनि दैनिक ज्यालादारीका काममा भने दिगोपनको अभाव देखिएको प्रतिवेदनले औँल्याएको छ । यस्तै सबै श्रम आकाङ्क्षीले रोजगारीको क्षेत्रमा पहुँच स्थापित गर्न भने समस्या भोगिरहेको प्रतिवेदनमा उल्लेख छ । रोजगारीको क्षेत्रमा देखिएका परिवर्तनका सङ्केत महिलाका लागि भने अझै उपयोगी बन्न नसकेको देखाइएको छ ।

विश्व बैङ्कको वरिष्ठ अर्थविद् एलिजावेथ ब्लुमरका अनुसार बढ्दो सहरीकरणले पनि नेपालमा रोजगारी बजारमा सकारात्मक योगदान पुगेको छ ।

सन् १९९८ को श्रम सर्वेक्षणदेखि दुई वर्ष पहिलेको आर्थिक गणनालगायतका सामग्रीसमेतको अध्ययनबाट निकालिएको निष्कर्षमा नेपाली श्रम बजारका मुख्य चुनौतीसमेत औँल्याइएको छ । नेपालको भूबनोट अप्ठ्यारो हुनु, रोजगारी अनौपचारिक क्षेत्रमा, कम उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुँदै जानु तथा उद्यम–व्यवसाय गर्नेले पनि सानो र स्थानीय बजार मात्र हेर्ने र ठूलो बजारमा पहुँच स्थापित गर्न समस्या हुनुले रोजगारीको क्षेत्र अझै विस्तारित हुन नपुगेको औँल्याइएको छ ।

रोजगारी प्रतिफल सुधार गर्न साना तथा मझौला उद्यमीको प्रवद्र्धन, व्यवसायको उचित वातावारण निर्माण, महिला तथा युवालाई रोजगारीतर्पm आकर्षणजस्ता सुझाव पनि दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here