मोरङ / सुन्दरहरैचा नगरपालिका-९ विराटचोकबाट औषधोपयोगी लागूऔषध स्पासपेन २ सय ४० एम्पुल र रिमाडोल २ सय ४० एम्पुल सहित सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय प्रभु शाहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















