सिमा अतिक्रमणबारे प्रधानमन्त्री ओलीले मुख खोले

206

काठमाडौं  / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।  नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघको  कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले  भारतीय सेनालाई नेपाली भूमिबाट हटाउने मात्र नभई भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने समेत जनाएका हुन् ।

राष्ट्रियताको पक्षमा देखिएको एकताले सरकारलाई बल पुगेको उनको भनाई थियो । नक्सा सच्याउनु भन्दा भूमि फिर्ता लिनु मुख्य विषय भएको भन्दै उनले सरकारले आफ्नो भूमि फिर्ता ल्याउने जनाए । उनले सरकार भारतसँग सम्वाद गर्न सक्ने हैसियतमा रहेको भन्दै संवादबाट समस्या हल गर्न सकिने जनाए ।

‘अहिलेको सरकार संवाद गर्न नसक्ने होइन। इतिहासले देखाइसकेको छ। सरकारले संवादको माध्यमबाट सीमा समस्या समाधान गर्छ। कतिपयले नक्सा सच्याउन भनेका छन् तर त्यो समाधान होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘भूमि फिर्ता लिने कुरा हो। नक्सा त प्रेसमा छापे भइहाल्यो, हामी भूमि फिर्ता लिन्छौं।’

उनले नेपालको जमिनबाट भारतिय सेना फिर्ता लैजान भन्दै नेपाली भूमिमा सेना राख्ने पनि जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here