गुगलले पिक्सल समस्या देखाउनेलाई १५ लाख डलर पुरस्कार

237

एजेन्सी / गुगलले आफ्नो नयाँ एन्ड्रोइड फोनमा सुरक्षा खतराजस्ता समस्या देखाउनेलाई १५ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ। गुगलले पिक्सल स्मार्टफोनहरुमा टाइटन एम सक्युरिटी चिप्स लगाएको छ। आफ्नो फोन सुरक्षाको हिसाबमा भरपर्दो फोन भएको दाबी गर्दै उसले समस्या देखाउन सक्नेलाई पुरस्कार दिने  जनाएको हो।

सन् २०१५ यता आफूहरुले फोनको सुरक्षा सम्बन्धी अनुसन्धानमा ४० लाख अमेरिकी डलर खर्चिएको गुगलको धारणा छ।स्र्माटफोनहरु ह्याक हुने समस्या विश्वभर चर्चामा छ। यसबीचमा आफ्नो फोन भरपर्दो भएको गुगलको प्रतिक्रिया छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here