भूत छैन भनेर देखाउन मसानघाटमै सुते

193

एजेन्सी /  भारतको आन्ध्रप्रदेशस्थिग पोकाकल्लुका एक सांसदले गाउँलेमा रहेको भूतको डर हटाउन मसानघाटमा सुतेर देखाएका छन ।  निम्मला रामा नायडू नाम गरेका उनी मसानघाटमा कुनै एक वा दुई घण्टा नभएर तीन रातसम्म त्यहाँ सुतेका छन् । आफुलाई भोट दिएर जिताउने जनता अझै भूत हुन्छ भन्ने अन्धविश्वासमा रहेकाले उक्त भ्रम हटाउन स्वयम् मसानघाटमा सुतेका हुन ।

उनको साथमा अन्य कुनै सहयोगी थिए वा थिएनन् कुनै नखुलाईएपनि उनले मसानघाटमै फलामको खाट तथा झुलसहितको ओछ्यान लगाएर तीन रात विताएको भारतीय सञ्चार माध्ययमले लेखेका छन् । पुरानो मसानघाटलाई नयाँ आधुनिकीकरण विद्युतिय शवदाह गृह बनाउन खोज्दा स्थानियले भूतका डरका कारण निमार्ण कार्यमा लाग्न डराएकाले बाध्य भएर उक्त कदम चाल्नुपरेको सांसदले सञ्चार माध्ययमलाई जनाएका छन् ।

उक्त मसानघाट त्यहाँको प्रसिद्व घाटमध्ये पर्दछ । त्यहाँ लासहरु निरन्तर आउने गरेको जनाइएको छ । सांसदले तीन दिनसम्म खानापनि मसानघाटमै खाएका थिए । सांसदले नै मसानघाटमा सतेपछि त्यहाँ मजदूरले काम गर्न तयार भएको समाचारमा उल्लेख य ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here