नक्कली नेपाली नोट सहित पक्राउ

205

काठमाडौं /काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकबाट १ हजार दरका ६ थान नक्कली नेपाली नोट सहित धादिङ रुभिभ्याली गाउँपालिका-५ घर भएका २४ वर्षीय काजी तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडीरहेका तामाङलाई जाँच गर्ने क्रममा उक्त नक्कली रुपैयाँ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here