सभामुख चयनको विवादले सत्तासीन नेकपा फूटको संघारमा

195

काठमाडौं / संसद्को हिउँदे अधिवेशन पुस ४ लागि आह्वान भएको छ। अधिवेशनको पहिलो प्राथमिक कार्यसूचीमा सभामुख चयन प्रक्रिया छ । अधिवेशनको मिती नजिकिएसँगै रिक्त रहेको संघीय संसदको सभामुखको दौड पनि सुरु भएको छ ।

सत्तारूढ नेकपाको स्थायी कमिटी बैठक पनि लगातार चलिरहेको छ । संविधानत सभामुख र उपसभामुख सत्तारूढ नेकपाले राख्न मिल्ने अवस्था पनि छैन । बहुमत रहेकै कारण उपसभामुखलाई राजीनामाका लागि नेकपाले सन्देश दिइसकेको छ। सभामुख चयनको विवादले सत्तासीन नेकपा फूटको संघारमा  पुगेको छ ।

अहिले उपसभामुख रहेकी डा. शिबमाया तुम्वाहाङफेलाई राजिनामा गराउने प्रधानमन्त्रीको योजना पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । योसँगै सभामुख पदको लागि अग्रपंक्तिमा नेकपाका २ नेताहरू संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा रहेका छन् ।  अहिलेसम्म नेकपाको स्थायी कमिटीमा सभामुख नियुक्ति कुराले औपचारिक प्रवेश नपाएपनि सभामुख पदका लागि दौडधुप भने सुरु भएको छ ।

पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना बिश्वासप्राप्त संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङलाई सभामुख बनाउने योजनामा अडिग छन् भने पार्टीका पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको जोड भने आफ्ना विश्वासप्राप्त नेता सापकोटालाई जुनसुकै हालतमा सभामुख बनाइछाड्ने योजनामा छन् । अर्कोतिर पूर्वएमाले पक्षले सभामुख नपाउने परिस्थितिमा भने वर्तमान उपसभामुख तुम्बाहाङफेलाई नै सभामुख बनाउन ओली पक्षकै केही नेताले प्रधानमन्त्री ओलीलाई सुझाव दिइरहको छन् ।

 निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि सरकारलाई सहयोग नगरेको आरोप लगाइरहेका प्रधानमन्त्री ओली भने कसरी आफ्ना विश्वासपात्रलाई ल्याउन सकिन्छ भनेर रणनीति बनाउन व्यस्त रहेको  जानकारी प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here