काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वरानी कोमल शाहसँग झापा पुगेका छ्न । निजी भ्रमणको सिलसिलामा बुधबार झापाको दमक पुगेका हुन्।
झापा पुगेका शाहको भव्य स्वागत गरिएको छ । उनी आउने खबर आए लगत्तै उनको स्वागतका लागि सैयौं नागरिकको उपस्थित रहेका थिए ।
राजा आउ देश बचाउ भन्दै समर्थकले जयजयकार गर्दै पूर्वराजाको स्वागत गरेका थिए । विमानस्थलबाट बाहिरिने क्रममा सडकमा बसि उनको प्रतिक्षा गरिरहेका नागरिकले उनी सवार गाडी देख्ने बित्तिकै चर्को नारा लगाए ।
राष्ट्रिय झण्डासहित उपस्थित भएका नागरिकले सडक वरपर बाट पुर्वराजा शाहको गाडी घेरेर फुल उपहार दिँदै स्वागत गरेका छन् ।
चारैतिर बाट घेरिएका शाह समर्थकको निकै बाक्लो भिड र माया देख्दा मुसुक्क हाँसिरहे । सबैलाई नमस्कार गरे ।
राजा आउ देश बचाउ,हाम्रो राजा हाम्रो देश ,प्राणभन्दा प्यारो छ भन्दै नाराबाजी गरिरहेका थिए । पुर्वराजा शाहको लागि गाडी अगाडि बढाउन भिड बाक्लो भएपछि उनीहरु आफैले सडक खाली गरे ।

















