निजी क्षेत्रसँगको साझेदारीबाट मात्र समृद्धि : उपाध्यक्ष ढकाल

115

काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँगको साझेदारीबिना देशमा समृद्धिको यात्रा पूरा नहुने जनाएका छन् ।

पोखराको लेखनाथमा आयोजित लेखनाथ महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले भने– नेपालका तीनओटै तहका सरकारहरुले निजी क्षेत्रसँगको सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी नगर्दासम्म समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल हुन गाह्रो पर्छ ।

नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको आवश्यकता र महत्वमाथि प्रकाशपार्दै उनले भने– देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा हो र यससँगको सहकार्य र साझेदारीबाट मात्र देश समृद्ध बन्न सक्छ ।

उनले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुले आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन प्रतिश्पर्धा गरेका छन् भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने जनाए ।

उपाध्यक्ष ढकालले तर पनि नयाँ संरचनासँगै निजी क्षेत्रसँग कामगर्ने सरकारी संयन्त्रको मानसिकता भने पुरानो भएकोले
राजीतिक संरचनामा परिवर्तनसँगै काम गर्ने पुरानो ‘माइन्ड सेट’ मा पनि परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिए ।

उनको धारणा थियो– यस समयमा राजनीतिक नेतृत्वमा विकास निर्माणको इच्छाशक्ति देखिन्छ तर पनि कामगर्ने पुरानो
मानसिकताको राज्य संयन्त्रका कारण निजी क्षेत्रका उद्यमीहरुलाई भने सोँचेबमोजिम उत्साहित बनाउन सकिरहेको छैन,
त्यसैले यो मानसिकतामा परिवर्तन ल्याउनु जरुरी छ ।

उनले यस्ता मेला महोत्सवहरुमा स्थानीय उत्पादन र सीपलाई प्राथमिकता दिने र स्थानीय स्तरमा रहेका प्रतिभाहरुलाई
प्रस्फुटन हुने अवसर दिनुपर्ने सुझाव पनि दिए ।

उपाध्यक्ष ढकालले आर्थिक क्षेत्र, व्यावसाय, श्रम, कर आदिका विषयमा नियम कानूनहरु निर्माण गर्दा सरोकारवाला निजी क्षेत्रसँगको सल्लाह र परामर्शबाट ल्याउन सकिएमा यसको सही र सफल कार्यान्वयनका लागि सहयोग पुग्ने र अन्ततः यसबाट राज्य र नेपाली नागरिक नै लाभान्वित हुने धारणा पनि राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here