एजेन्सी / सन् २०२० का लागि अमेरिकी रक्षा बजेट ७३८ अर्ब अमेरिकी डलर हुने भएकाेछ । जुन साँढे सात सय खर्ब नेपाली रुपैयाँ बराबर हुन्छ । यो नेपालको कुल वार्षिक बजेटभन्दा ५० गुणाले बढी हो । नेपालको चालु आर्थिक वर्षको बजेट १५ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ । रक्षामै अमेरिकाले यति ठूलो रकम खर्च गर्छ जुन विकासशील देशको बजेटभन्दा दशौं गुणा बढी हुन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा बजेटमा शुक्रबार हस्ताक्षर गरेका छन् । सन् २०१९ मा अमेरिकी रक्षा बजेट ७१६ अर्ब डलर थियो । सन् २०२० मा ३.१ प्रतिशतले वृद्धि भएको छ । रक्षा बजेटमध्ये ७१.७ अर्ब डलर अफगानिस्तान, सिरिया र यमनमा आतंकवादविरुद्ध लड्नमात्र विनियोजत गरिएको छ । ३१.५ अर्ब डलर आणविक हतियारको आधुनिकिकरणका लागि छुट्याइएको छ ।
संसारकै सबैभन्दा ठूलो रक्षा बजेट भएको देश अमेरिकाले हरेक वर्ष रक्षा बजेटमा वृद्धि हुँदै आएको छ ।


















