कथानक चलचित्र ‘दि कर्मा’ को ट्रेलर : नेगेटिभ भूमिकामा परमिता र बुद्धि

184

काठमाडौं /  १७ माघदेखि सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक भएको छ ।
प्रदर्शन मिति नजिँकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई तिब्र बनाउन ट्रेलर सार्वजनिक गरेको हो । २ मिनेट २० सेकेन्डको ट्रेलरमा करण वर्मा, परमिता राणा, निता ढुंगाना, बुद्धि तामाङ देखिएका छन् ।

ट्रेलरमा परमिता र बुद्धिको नेगेटिभ भूमिका देख्न सकिन्छ भने निता र करण जोडीको रुपमा प्रस्तुत भएका छन् । देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

कथा निर्माता जय राज राय आफैँले लेखेकको चलचित्रमा रायसँगै श्रीदेव बिएल र निशा खतिवडासमेत निर्माताको रुपमा रहेका छन् । चलचित्रको सहनिर्माता सारदा खड्का अर्याल हुन् ।

चलचित्रमा करण, निता, परमिता, बुद्धिसँगै अनुप सक्सेना, संगीता नापित लगायतको मुख्य भूमिका रहेको छ । ‘दि कर्मा’ को पटकथा तथा संवाद शुशील पोखरेलको हो । रामेश्वर कार्कीको छायाँकन, कोशिश क्षत्री, मानस थापा र अंकितबाबु अधिकारीको संगीत चलचित्रमा छ । ट्रेलरले नेपाल तथा विदेशका दर्शकमा चलचित्र प्रति उत्सुकता बढाउने निर्माता जय राज रायले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here