नदीमा जीप खस्दा ४ को मृत्यु

52

बाजुराको हिमाली गाउँपालिका-७ बाधु कालापडस्थित सडकमा से.१ ज १०६४ नम्बरको जीप सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेर आज दिउँसो दुर्घटना हुँदा जिपका चालकसहित ४ जनाको मृत्यु भएको छ।

जीपका चालक जगन्नाथ गाउँपालिका-५ गोत्री बस्ने रमेश शाही रहेको प्रहरीले जनाएको छ। चारैजनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका जिपमा सवार ४ जनालाई उपचारका लागि कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी लगिएको छ भने वेपत्ता भएका १ जनाको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै, अछामको विनायक नगरपालिका–४ पलतास्थित सडकमा भे।१ त ८२९४ नम्बरको ट्रयाक्टर सडकबाट करिब ३ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा चालक दैलेख आठबिस नगरपालिका–३ बस्ने ३२ वर्षीय दिनेश विकको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here