अष्ट्रेलियामा लागेको डढेलोले दुखित बनायाे : परराष्ट्रमन्त्री ज्ञवाली

187

काठमाडाैं / परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अष्ट्रेलियामा लागेको आगलागीका कारण जनधनको क्षति भएकोमा आफूलाई दुख लागेको जनाएका छन् ।

सोमवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै ज्ञवालीले धेरै मानिस र लाखौँ जनावरले ज्यान गुमाएकोमा आफूलाई दुख लागेको जनाएका हुन् ।

‘धेरै मानिस र लाखौँ जनावरको ज्यान गएको र वनजंगलमा अपुरणीय क्षति गर्ने गरी अष्ट्रेलियामा लागेको आगलागीले मलाई दुखित बनाएकाे छ, उनले लेखेका छन्, ‘म त्यहाँका जनता र सरकारलाई समवेदना प्रकट गर्न चाहन्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here