नगद ५ लाखसहित रिचार्ज कार्ड चोर्ने ३ जना पक्राउ

244

काठमाडौं /  काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने शाश्वत ढकालको बिगमार्ट सुपर मार्केटबाट नेपाल टेलिकमको २४ हजार १ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड  र नगद ५ लाख ७ हजार रुपैयाँ चोरी गरेको अभियोगमा काठमाडौं गोंगबु बस्ने २१ वर्षीय बिशाल गुरुङ समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त सुपर मार्केटमा चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न सोही सुपर मार्केटमा काम गर्ने बिशाल समेत ३ जनालाई नगद ४ लाख ९९ हजार ३ सय ६१ रुपैयाँ सहित पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here